चैत्र ९, २०७५
आफ्नो मुलुकको घट्दो जनसंख्याबाट चिन्तित हंगेरी सरकारले जनसंख्या वृद्धिका लागि सात सूत्रीय परिवार संरक्षण योजना लागू गरेको छ ।
यो योजनाअन्तर्गत चार वा त्यसभन्दा बढी सन्तान जन्माउने दम्पतीले आजीवन आयकर तिर्नुपर्ने छैन । पछिल्लो तथ्यांकअनुसार हंगेरीको जनसंख्या हरेक वर्ष ३२ हजारको दरले घटिरहेको छ । अन्य युरोपेली मुलुकका महिलाहरूको तुलनामा हंगेरियन महिलाले निकै कम सन्तान जन्माउँछन् ।
उनीहरूलाई बढीभन्दा बढी सन्तान जन्माउन प्रोत्साहित गर्ने उद्देश्यले हंगेरी सरकारले ३६ हजार डलरसम्म निब्र्याजी ऋणसमेत दिने भएको छ । यस्तो ऋण ४० वर्षभन्दा कम उमेरका २ सन्तान जन्माइसकेका महिलाले प्राप्त गर्न सक्ने बताइएको छ ।