चैत्र ९, २०७५
मानव उदर अर्थात् हाम्रो पेटमा कति किसिमका जीवाणु पाइन्छन् ? यो प्रश्नको जवाफ युरोपियन मोलेकुलर बायोलोजी ल्याब्रोटरी तथा वेलकम स्यांगर इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले दिएका छन् ।
उनीहरूका अनुसार हाम्रो पेटको मुख्य अंग आमाशयमा मात्र २ हजारभन्दा बढी प्रजातिका जीवाणु पाइन्छन् । ती जीवाणुले हामीलाई स्वस्थ राख्न तथा हामीले खाएको खानालाई पचाउन हाम्रो पाचन प्रणालीलाई सघाउँछन् ।
विज्ञान पत्रिका नेचरमा प्रकाशित समाचारअनुसार मानव उदरमा पाइने ती जीवाणुलाई वैज्ञानिकहरूले माइक्रोब नाम दिएका छन् । माइक्रोबमा समावेश विभिन्न प्रजातिका जीवाणुलाई सामूहिक रूपमा माइक्रोबायोटा भनिन्छ ।