साप्ताहिक संवाददाता
मिसेज नेपालको एउटा अंशका रूपमा मिसेज टप अफ द वल्र्ड नेपाल–२०१९ को चयन प्रक्रियालाई अघि बढेको हो । यसै सन्दर्भमा विवाहित महिलाहरूमा लक्षित मिसेज टप अफ द वल्र्ड शीर्षकको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ईप्लानेटले अलिना शाक्य तुलाधरलाई मिसेज टप अफ द वल्र्ड नेपाल–२०१९ रूपमा घोषणा गरेको छ ।
मिसेज टप अफ द वल्र्ड नेपाल–२०१९ का रूपमा चयन भएकी अलिना शाक्य तुलाधारलाई औपचारिक रूपमा विजेताको ताज पहि¥याउने कार्य मिति २०७५ चैत्र ८ गतेका दिन होटल सोल्टी क्राउन प्लाजामा आयोजित एक कार्यक्रमका बीच सम्पन्न गरिएको थियो । मिसेज टप अफ वल्र्ड–२०१९ मा सहभागी हुनुपूर्व अलिनाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धित अभिमुखिकरण र प्रशिक्षण प्राप्त गर्नेछिन् । मिसेज टप अफ द वल्र्ड–२०१९ को अन्तर्राष्ट्रिय प्रतियोगिता लातभियाको रिगा सहरमा मे २९ देखि जुन २ तारिखसम्म संचालन हुनेछ । अलिनालाई मिसेज टप अफ वल्र्ड नेपाल–२०१९ को ताज मिसेज हेरिटेज इन्टरनेसनल नेपाल–२०१९ दुर्गा विसुरालले पहि¥याइदिएकी थिइन् भने मिस हेरिटेज इन्टरनेसनल नेपाल–२०१९ अदिति श्रेष्ठले स्यास लगाइदिएकी थिइन् ।