साप्ताहिक संवाददाता
अभिनेता आर्यन सिग्देल बुवा बन्ने खबर पुरानो भैसक्यो । आफ्नी गर्भवती श्रीमतीको बेबी बम्प तस्बिरहरू श्रीमती सपनाले फेसबुकमा सार्वजनिक गरेपछि ती तस्बिरहरूले मिश्रित प्रतिक्रिया पाए । अधिकांशले उक्त तस्बिरप्रति नकारात्मक प्रतिक्रिया जनाए ।
फेसन उद्यमी तथा भिज्युअल एडिटर सुजन सुवेदीलाई भने सामाजिक सञ्जालमा आएका नकारात्मक टिप्पणी देखेर दिक्क लागेछ । उनले बेबी बम्पका तस्बिरहरू सेयर गर्दै नकारात्मक टिप्पणीकर्ताहरूलाई कडा जवाफ फर्काए । उनको भनाइ छ– ‘सार्वजनिक यातायात काण्ड पचाउने यो समाज, जापान काण्डमा थूक निल्ने यही समाज । परि तामाङको भिडियो हेरेर थुक निल्ने युवा वर्ग ।
ज्योति मगरले उफारेको छातीमा आँखा लगाउने पनि यही समाज । आज आर्यन सिग्देलका यी तस्बिरहरूले समाजमा गलत म्यासेज दियो भनेर उफ्रिंदै छन् । कति घटिया सोच हावी छ हाम्रो समाजमा । बधाई छ आर्यन र सपनालाई । तपाईंहरूको प्रेम सधैं सुमधुर रहोस् ।