चैत्र १०, २०७५
विगतमा कामसूत्र थ्रीडी चलचित्रबाट चर्चामा आएकी सर्लिन चोपडा एक पटक फेरि चर्चामा छन् । पछिल्लो पटक उनले निकै कामोत्तोजक फोटोसेसनमार्फत कामुकभन्दा कामुक तस्बिरहरू खिचाएकी छिन् ।
आफ्ना ती तस्बिरहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सोसल मिडियामा सेयर गरेकी सर्लिनले आफ्ना उक्त तस्बिरहरूलाई ‘माई बडी माई राइट’ ह्यासट्यागसमेत गरेकी छिन् । सर्लिनको उक्त तस्बिर र ह्यासट्यागले यतिबेला एकातिर प्रशंसा पाइरहेको छ भने अर्कातिर आलोचनासमेत खेप्नुपरेको छ । उक्त फोटोसेसनका क्रममा सर्लिनले हट पाइन्ट, ब्रा र डेनिम ज्याकेट प्रयोग गरेकी थिइन् ।