साप्ताहिक संवाददाता
चैत्र ११, २०७५
डेडलक कपाल तथा दाह्रीका कारण दर्शक तथा श्रोतामाझ छुट्टै परिचय बनाएका रक गायक तथा संगीतकार विनोद ढकाल वैवाहिक जीवनमा बाँधिएका छन् ।
अघिल्लो साता गायक ढकालले आफ्नी प्रेमिका प्रतीक्षा भण्डारीसँग लगनगाँठो कसेका हुन् ।
विभिन्न म्युजिक भिडियो तथा केही नेपाली चलचिक्रमा समेत संगीत र गायनमा सत्रिय रहेका गायक ढकालले विवाहकै लागि आफ्नो स्वरुप नै परिवर्तन गरेका थिए ।