साप्ताहिक संवाददाता
चैत्र ११, २०७५
नेपाली राष्ट्रिय फुटबल टिमका लागि खेल्ने दाजुभाइको जोडीमा पर्छन्— वसन्त र विशन गौचन । पोखरेली वसन्त नेपाली फुटबलका ठूला स्टार हुन् । उनी काठमाडौंमै भएको आठौं दक्षिण एसियाली खेलकुदको फुटबलमा उत्कृष्ट खेलाडी चुनिएका थिए ।
पछि उनकै बाटो पछ्याउँदै विशनले पनि नेपाली टिमबाट खेले । घरेलु फुटबलमा भने जहाँ वसन्तले मनाङ मर्स्याङ्दीका लागि खेले, त्यहीं विशनले थ्री स्टारका लागि खेले । थ्री स्टार केही वर्षअघि निकै बलियो थियो र त्यसले घरेलु फुटबलमा लगभग सबै उपाधि जितेको थियो ।
त्यही टिमका एक सदस्य थिए, विशन । यिनै विशनले हालै विवाह गरेका छन् र सुरु गरेका छन्, आफ्नो जीवनको दोस्रो इनिङ्स ।