साप्ताहिक संवाददाता
चैत्र १३, २०७५
हनिमुनलाई विवाहपछिको महत्त्वपूर्ण क्षण मानिन्छ । मानिसहरू आफ्नो हनिमुनलाई स्मरणीय बनाउन अनेक उपाय अपनाउँछन् । अमेरिकाको न्युजर्सीमा बसोबास गर्ने निक ओस्ट तथा उनकी नवविवाहित श्रीमती जोयले आफ्नो विवाहलाई अविस्मरणीय बनाउने क्रममा ३३ फरक–फरक देशमा हनिमुन मनाएका छन् ।
डिसेम्बर २०१७ मा विवाह गरेर जनवरी २०१८ मा हनिमुन याक्रामा निस्किएको यो जोडीले हनिमुनका त्रममा एउटै पहिरन लगाएका थिए, जुन उनीहरूको विवाह पोसाक थियो । उनीहरू आफ्नो हनिमुन यात्राको प्रारम्भ थाइल्यान्डबाट गरेका थिए ।
त्यसपछि उनीहरू हाम्रो मुलुक नेपालसहित चीन, स्पेन, संयुक्त अरब इमिरेट्स, इटाली, फ्रान्स, टर्की, इन्डोनेसिया, जापान, ग्रीस, न्यूजिल्यान्ड, अस्ट्रेलिया, अस्ट्रिया, सर्विया, दक्षिण अफ्रिका, इजरायल, सिंगापुर, इजिप्ट, श्रीलंका तथा स्वीजरल्यान्ड पुगेका थिए ।