साप्ताहिक संवाददाता
चैत्र १४, २०७५
पिनिनफेरिनाले ‘बाटिस्टा’ नामक नयाँ इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । स्पिडको मामिलामा यो कार फर्मुला १ कार भन्दा पनि तीव्र छ । उक्त इलेक्ट्रिक हाइपर कारले मात्र २ सेकेन्डमा ० देखि १ सय किलोमिटरको स्पिड लिन्छ । यसको टप स्पिड ४ सय किलोमिटर प्रति घण्टा छ ।
सो हाइपर कारले एक पटकको फुल चार्जमा ४ सय ८० किलोमिटर दुरी तय गर्ने कम्पनीले दावी गरेको छ । कम्पनीले सो इलेक्ट्रिक हाइपर कार बाटिस्टा १ सय ५० युनिट मात्र बनाउने छ । यसलाई उत्तर अमेरिका, यूरोप र मध्य पुर्वी एसियामा बिक्री–वितरण गरिनेछ । उक्त इलेक्ट्रिक हाइपरकार बाटिस्टा सन् २०२० मा लन्च गरिनेछ ।