साप्ताहिक संवाददाता
चलचित्रका अभिनेता–अभिनेत्रीहरूको रोमान्स तथा अफेयरका खबर प्रायः गसिप बनिरहन्छन् । चलचित्रको छायांकनपिच्छे प्रेमी–प्रेमिका परिवर्तन हुने चलन पनि नौलो होइन ।
यस क्रममा यतिबेला अभिनेत्री माला लिम्बूको प्रेम–प्रसंग चर्चामा छ । काले दाइ..गीतमा आकर्षक नृत्य गरेर दर्शकको नजरमा चढेकी मालाले हालै एउटा अन्तर्वार्ताका क्रममा आफू विगत ६ वर्षदेखि एक जना पुरुषको प्रेममा रहेको स्वीकार गरेकी हुन् । मालाका अनुसार उनका प्रेमीको नाम दिवस तामाङ श्रेष्ठ हो । उनी व्यवसायी हुन् । मालासँगै अन्तर्वार्ता दिइरहेका अभिनेता अनुप विक्रम शाहीले माला विगत ६ वर्षदेखि प्रेममा रहेको खुलासा गरिदिएपछि उनले आफ्नो रोमान्टिक जीवनलाई लुकाइरहन सकिनन् ।
अनुपले नै प्रेमीको नाम सार्वजनिक गर्न आग्रह गरेपछि माला लाजले भुतुक्क भएकी थिइन् । केही सम्हालिएपछि उनले भनिन्— ‘हो म रिलेसनसिपमा छु । ऊ अनुपको मिल्ने साथी पनि हो । उसको नाम दिवस श्रेष्ठ हो ।’ मालाले दिवससँग तत्कालै वैवाहिक जीवन प्रारम्भ गर्ने योजना भने नरहेको बताइन् ।