गायक युवराज चौलागाईं तथा अभिनेत्री सञ्चिता लुइँटेल असल साथी हुन् । विदेशमा भएका एवार्ड वितरण समारोहहरूमा सँग–सँगै सहभागिता जनाइसकेका युवराज र सञ्जिताले स्वदेशमै भएका सांस्कृतिक कार्यक्रमहरूमा पनि धेरैपटकसँगै प्रस्तुति दिइसकेका छन् । चलचिक्रमा सत्रिय सञ्चिता तथा चलचित्रको पार्श्व गायनमा सक्रिय युवराजले निकट भविष्यमै एउटा गीतको म्युजिक भिडियोमा सँगै अभिनय गर्ने कुरा चल्दैछ । यसबीच साप्ताहिकका लागि गायक चौलागाईंले अभिनेत्री लुइँटेलका सकारात्मक तथा सुधार्नु पर्ने कुराहरू यसरी औंल्याएका छन् ।
असल पक्ष सुन्दरता
अभिनेत्री सञ्चिता लुइँटेल नेपालकै सुन्दर अभिनेत्रीहरूमध्ये एक हुन् भन्दा फरक पर्दैन । दुई सन्तानकी आमा भए पनि उनी आज पनि उत्तिकै सुन्दर छिन् ।
शालिन
सञ्चिताको शालिनता लोभलाग्दो छ । आफूभन्दा ठूलालाई आदर गर्ने अनि सानालाई माया गर्ने उनको स्वभाव अनुकरणीय छ ।
पारिवारिक
अभिनेता निखिल उप्रेतीसँग विवाह भएपछि उनी थप पारिवारिक भएकी छिन् । चलचित्रको अभिनयका साथै उनले आफ्नो परिवारलाई पनि उत्तिकै समय दिएर दुवै पक्षमा आफूलाई अब्बल सावित गरेकी छिन् ।
प्यारी आमा
मलाई लाग्छ सञ्जिताले आफ्ना सन्तानलाई धेरैभन्दा धेरै माया दिएकैले उनी आफ्ना सन्तानकी प्यारी आमा बन्न सफल भएकी छिन् ।
घुलमिल
पारिवारिक जमघटदेखि ठूल्ठूला पार्टीहरूमा समेत सहजै घुलमिल हुन सक्ने उनको क्षमताको प्रशंसा गर्नै पर्छ ।
सुधार्नुपर्ने पक्ष व्यायाम
सञ्चिताले आफूलाई सुन्दर तथा स्लिम राख्न नियमित व्यायाम गरिरहनुपर्छ ।
भूमिका
सञ्चिताले अभिनय गरेका केही चलचित्र असफल भएका छन् । भविष्यमा चलचित्र छनोट गर्दा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
चाँडै विश्वास
अरूलाई चाँडै विश्वास गर्ने बानी त्याग्नुपर्छ । यसले आफैंलाई हानीे हुनसक्छ ।
श्रीमान्को साथ
सार्वजनिक समारोहहरूमा सञ्चितालाई प्रायः एक्लै देखिन्छ । अभिनेता–श्रीमान् निखिल उप्रेतीलाई कर गरेरै भए पनि त्यस्ता कार्यक्रममा सँगै ल्याउन सके कति राम्रो हुन्थ्यो ?
अभिनय
प्रायः अभिनेत्रीहरू म्युजिक भिडियोमा पनि उक्तिकै सत्रिय हुन्छन् । उहाँले पनि मन परेका गीतका म्युजिक भिडियोमा अभिनय गर्दा फरक पर्दैन ।