साप्ताहिक संवाददाता
चैत्र १५, २०७५
फेरारीले आफ्नो नयाँ सबैभन्दा तीव्र गतिको कार सार्वजनिक गरेर अटोमोबाइल उद्योगको ध्यान खिचेको छ । फेरारी एफ८ ट्रिब्युटो नामक सो कारमा हाल सम्मको सबैभन्दा शक्तिशाली भी८ इन्जिन प्रयोग गरिएको छ, जसले ० देखि १ सय किलोमिटर प्रतिघण्टाको गति २.९ सेकेन्डमै लिन्छ ।
त्यसैगरी ७.८ सेकेन्डमा २ सय किलोमिटर प्रतिघण्टाको गति लिन्छ । एफ८ ट्रिब्युटोमा ३.९ लिटरको ट्विन टर्बो भी८ इन्जिन प्रयोग गरिएको छ, जसले ७ सय १० एचपी पावर र ७ सय ७० एनएम टर्क जेनेरेट गर्छ । यसमा ७–स्पिड ड्युअल क्लच गियरबक्स प्रयोग गरिएको छ । यसको टप स्पिड ३ सय ४० किलोमिटर प्रतिघण्टा छ भने मूल्य ६ करोड ५० लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ ।