साप्ताहिक संवाददाता
चलचित्र ‘ए मेरो हजुर–३’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्रेलरमा चलचित्रका मुख्य दुई पात्र अनमोल केसी र डेब्यू नायिका सुहाना थापा ‘फोकस्ड’ छन् ।
ट्रेलरमा अनमोल डबल रोलमा देखिएका छन् । एकातिर स्टार सिंगरका रुपमा देखिएका अनमोल अर्को क्यारेक्टरमा ब्याकपेपर लाग्ने विद्यार्थीका रुपमा फिचर्ड छन् । बुधबारनै सार्वजनिक गर्ने भनिएको चलत्रिको ट्रेलर प्राविधिक कारणल युट्युबमा भने अपलोड गर्न नसकिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा अनमोल र सुहानासागै अभिनेता सलोन बस्नेत, सरोज खनाल, रेअर राईलगायत मुख्य भूमिकामा छन् । साङ्गीतिक प्रेम कथा समेटिएको चलचित्रकी मुख्य पात्र सुहाना झरना थापाकी छोरी हुन् ।
झरना थापाले निर्देशन गरेको चलचित्र चैत २९ गतेबाट अल नेपाल रिलिज हुँदैछ । चलचित्रलाई सुनीलकुमार थापाले निर्माण गरेका हुन् ।
चलचित्रको ट्रेलर :