साप्ताहिक संवाददाता
भोलि शनिबार ठमेलस्थित रेगी बारमा रक एण्ड ब्लुज् म्युजिकल नाइट हुँदैछ । यसमा एएसएम ब्यान्ड तथा मंकी टेम्पलले प्रस्तुति दिँदैछन् । साँझ ७ बजे प्राराभ हुने यो लाइभ म्युजिक मध्यरातसम्म चल्नेछ जहाँ एउटा ककटेलको खरिदमा अर्को ककटेल निःशुल्क उपलब्ध हुनेछ ।
नेपालमा डा. विवेक बिन्द्रा
डा. विवेक बिन्द्रा भारतका चर्चित मोटिभेसनल स्पिकर तथा बिजनेस कोच हुन् । युवा पुस्तामाझ अत्यन्तै रुचाइएका डा. विवेकले भोलि शनिबार काठमाडौंमा मोटिभेसनल स्पिच दिँदैछन् । युट्युबमा उनका भिडियो निकै रुचाइएका छन् । डा. विन्द्राले हालै मात्र उनले नेपालका ५ सुपरहिरो शीर्षकको भिडियो तयार गरेका थिए जसमा कुलमान घिसिङ, डा. सन्दुक रुइत, महावीर पुन, अनुराधा कोइराला तथा उत्तम सञ्जेलको योगदान समेटिएको थियो ।
समय : १२ बजे आयोजक : जिनियस इन्साइडर
स्थान : नेपाल प्रज्ञा भवन, कमलादी