साप्ताहिक संवाददाता
चैत्र १६, २०७५
जापानी कार निर्माता कम्पनी टोयोटा अब चन्द्रमामा समेत पुग्ने तयारीमा छ । टोयोटाले चन्द्रमामा जान सेल्फ ड्राइभिङ कार निर्माण प्रक्रिया अघि बढाएको छ । टोयोटाले उक्त कारको नाम जक्सा लुनार रोभर राखेको छ । यो कारमा ६ वटा पांग्रा छन् र यसमा २ व्यक्ति आरामका साथ बसेर १० हजार किलोमिटरको यात्रा तय गर्न सक्छन् ।
टोयोटाले यो कार एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीका लागि तयार गरिरहेको छ । यो कारलाई सन् २०२९ मा चन्द्रमामा लाने योजना छ । टोयोटाको यो कार ६ मिटर लामो हुनेछ । यसको भित्र १३ वर्गमिटर स्थान हुनेछ । जक्सा लुनार रोभर ब्याट्रीबाट चल्नेछ भने सौर्य ऊर्जाबाट चार्ज हुनेछ ।