साप्ताहिक संवाददाता
चैत्र १६, २०७५
आफ्ना हरेक गीतको म्युजिक भिडियोमा चलचित्रका अभिनेक्रीहरूसँग अनस्त्रिन रोमान्स गर्ने गायक हुन्– डाक्टर विक्रान्त मेहता । यो अवधिमा उनले प्रियंका कार्की, शिल्पा पोखरेल, केकी अधिकारी आदि अभिनेत्रीलाई लिएर भिडियो निर्माण गरिसकेका छन् ।
यतिबेला उनको नयाँ गीत नक्कले मोराको भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेत्री तथा नृत्यांगना एलिशा राई फिचर्ड छिन् । गायिका मेलिना राईसँगको उक्त यूगल गीतको भिडियोलाई पहिले गायिका राईकै युट्युब च्यानलबाट अपलोड गरियो ।
पहिलो दुई दिनमा भिडियोले आशातीत भ्युज नपाएपछि गायक मेहताले कठोर निर्णय लिँदै च्यानल नै परिवर्तन गरे । ओएसआर डिजिटलबाट पुनः अपलोड गरिएपछि उक्त भिडियोले दुई दिनमै २ लाखभन्दा बढी भ्युज पाएपछि गायक मेहताले बल्ल सन्तोषको सास फेरेका छन् ।