साप्ताहिक संवाददाता
चैत्र १६, २०७५
नेपालमा साल्सा डान्सका बिविध कार्यक्रमहरू भैरहेका हुन्छन् । चैत २१ देखि २४ गतेसम्म नेपाल ल्याटिन डान्स फियस्ता–२०१९ को आयोजना हुँदैछ, जसमा झन्डै ३० देशका साल्सा डान्स इन्स्ट्रक्टरको जमघट हुँदैछ । नेपालमा ल्याटिन डान्स फियस्ता दोस्रो पटक आयोजना गर्न लागिएको हो ।
ल्याटिन डान्समा रुचि हुनेहरूले यो कार्यक्रममा सहभागिता जनाउन सक्छन् । संसारका धेरै देशबाट आएका साल्सा डान्स इन्स्ट्रक्टरले बचाता, किजोम्बा, ल्याटिन ज्याज तथा साल्साका सम्बन्धमा आ–आफ्नो अनुभव बाँड्नेछन् । यो कार्यक्रममा ५० घण्टा वर्कसप, ४ वटा बुट क्याम्प तथा १ दिन पुल पार्टी सञ्चालन गरिनेछ । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डिजेहरूको समेत उपस्थिति रहनेछ ।
आयोजक : नेपाल ल्याटिन डान्स फियास्ता तथा फोर्ट साल्सा स्टुडियो
स्थान : छायाँ कम्प्लेक्स, ठमेल