साप्ताहिक संवाददाता
चैत्र १६, २०७५
नेपाली चलचित्रले अचेल सिनेमा हलको साटो यूट्युबमा कीर्तिमान कायम गर्न थालेका छन् । छोटो समयमा सर्वाधिक भ्युज पाउने चलचित्रको गीत तथा ट्रेलर कुन हो ? भन्ने जिज्ञासा मेटाउनसमेत त्यस्ता कीर्तिमान उपलब्धिमूलक हुन थालेका छन् ।
केही अघि चलचित्र क्याप्टेनको ट्रेलरले २४ घण्टामा सर्वाधिक हेरिएको कीर्तिमान बनाएको थियो, जसलाई यसै साता चलचित्र ए मेरो हजुर–३ को एउटा गीतले भंग गरिदियो । परान...शीर्षकको उक्त भिडियोले पहिलो २४ घण्टामा १० लाखभन्दा बढि भ्युज पायो ।
यसअघि चलचित्र शत्रु गतेको रुपै मोहनीले २४ घण्टामा सर्वाधिक ८ लाख ४७ हजार भ्युज पाएको थियो । आशिष अविरल तथा अञ्जु पन्तको स्वरको परान गीतले करिब ६ हजार प्रतिक्रिया पाएको छ, जसमा अनमोल केसी र सुहाना थापाको जोडी सुहाएको प्रसंग उल्लेख गरिएका छ ।