जनमत–संग्रह सम्बन्धि नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको अभिव्यक्ति कस्तो लाग्यो ?
साप्ताहिक संवाददाता
संघीयता, धर्म निरपेक्षता तथा गणतन्त्रका सम्बन्धमा जनताले चाहे जनमत–संग्रह हुन्छ भन्ने नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको अभिव्यक्ति कस्तो लाग्यो ?
तत्कालका लागि यो कुरा मृगमरिचिका हो । कांग्रेसले कम्युनिस्टसरह जनाधार बनाउन अझै दस वर्ष लाग्छ, त्यो पनि कुन्नि ? संसद्मा जनमतको भार (दबाब बनाउन) पुर्याउनु फलामको च्यूराजस्तै हुनेछ । हाललाई यी विषय अरण्यरोदन नै होलान् ।
प्रदीप ढुंगाना
धर्म निरपेक्षता, गणतन्त्र तथा संघीयता कैयौं नेपालीको लास र रगतबाट जन्मिएको हो । कसैसँग भीख मागेर ल्याएको होइन । एउटा युग ल्याउन त्यही सजिलो हुँदैन । यसलाई यति सस्तो रूपमा नलिइदिनुहोस् । तपाईं कुन जनमतको कुरा गर्दै हुनुहुन्छ ? नेपाली जनताको जनमतले त गणतन्त्र धर्म निरपेक्षता र संघीयता ल्याइसक्यो । तपाईं बल्ल निन्द्राबाट ब्यूँझनुभयो कि क्या हो ?
नवराज आचार्य
शतप्रतिशत जायज हो यो कुरा, जुनसुकै कुरा हुन्, जस्तासुकै कुरा हुन्, त्यसको अन्तिम फैसला गर्न पाउने अधिकार जनतामा निहित हुन्छ र हुनु पनि पर्छ ।
जयकृष्ण श्रेष्ठ
संघीयता, धर्म निरपेक्षता र गणतन्त्र जनतामा जबरजस्ती लाद्ने काम भएको छ । अहिले पनि देशमा ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी छन, त्यसैले धर्मका बारेमा जनमत–संग्रह गर्नु नै न्यायोचित हुन्छ ।
जीवन पराजुली
यो कुनै एजेन्डा नभएकाले नयाँ फन्डा निकालेको मात्र हो । मुलुक धर्म निरपेक्ष राष्ट्र घोषित भैसकेको अवस्थामा फेरी जनमतसंग्रहको माग गर्नु जनतामा भ्रम छर्नुबाहेक केही हुन सक्दैन, यसले के देखाउँछ भने जनतालाई आफ्नो पक्षमा पार्न नेताहरू जे पनि भन्छन् ।
नवीनकुमार
संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जनताको माग र आन्दोलनको स्पिरिट थिएन, त्यो त विदेशीको माग थियो । देशमा डलर बाँडेर विखण्डन, अशान्ति र धर्मको व्यापार गर्ने अनि देशलाई कमजोर तुल्याउने कुटिल चाल थियो । त्यसैले कुनै दिन सत्यको आन्दोलन हुनेछ र हाम्रो मौलिकता फर्कनेछ ।
राजन भट्टराई
जनमत संग्रह भए सबै पार्टी समाप्त हुन्छन् ।
किशोर खत्री
नेपाली कांग्रेस देशमा ठूला परिवर्तनको वाहक हो, जसले नेपालको प्रजातान्त्रिक लडाइँमा सधैं अग्रभागमा रहेर आफ्नो भूमिका निर्वाह गरेको छ । त्यसको परिणाम धेरै सकारात्मक परिवर्तन भए भने केही नकारात्मक प्रभाव पनि पर्यो । जनताले त्यसको मूल्य चुकाउन धेरै बलिदान दिनुपर्यो । अहिले फेरि जनमत–संग्रहको कुरा गरेर देशलाई पुरानै दिशामा डोर्याउने र अल्पसंख्यक धर्मावलम्बीमाथि दमन–शोषण गर्ने लाममा उभिनु समग्र परिवर्तनलाई चुनौती दिनु हो ।
डीबी
ओहो ! त्यसो भनेकै हो । लु सशांक कोइरालाका लागि दुई–चार सय किलोको माला उन्न सुरु गरे भो ।
मोहन
के आश्चर्यचकित हुनु ? मुद्दा खोज्दै हिँडेको कांग्रेसले अब राप्रपाको मुद्दा काँधमा हालेछ । अरू के भन्नु ? उँभो लाग्ने बाटो होइन, उँधो धकेलिने बाटो अपनाएछ कांग्रेसले ।
हरि थापा
वर्तमान संविधानले अस्वीकार गरेको मुद्दालाई पुन ब्युँताएर बहस चलाउनुको कुनै अर्थ छैन र त्यो अभिव्यक्तिले संविधानको धज्जी उडाएको छ । के अब जनमत–संग्रह गरेर नेपाललाई हिन्दू राज्य घोषणा गर्ने अनि धार्मिक युद्ध निम्त्याउने ? यदि संघीयता देशले धान्दैनथ्यो भने राजनीति मुद्दा रूपमा किन उठाइयो ? संघीयताका नाम कैयौं जनताको ज्यान गयो के त्यसको कुनै अर्थ छैन ?
बाबु भट्टराई
यो कुराचाहिँ ताक परे तिवारी नत्र गोतामे भने जस्तै हो ।
दीपक पौडेल
यो हतास मानसिकताको पराकाष्ठ हो । हजारौंको बलिदानबाट आएको परिवर्तन उल्ट्याउन लाखौंको बलिदान हुनुपर्छ । को छ तयार ?
किशोर पुमा राई
धर्म निरपेक्षता समयानुकूल हुन जरुरी छ । नेपालजस्तो देशमा धार्मिक स्वतन्त्रताभन्दा पनि यसले जनतालाई विभाजित तुल्यायो, तसर्थ समय सान्दर्भिक धर्म निरपेक्षता लागू हुन जरुरी छ ।
विमल बस्याल
सशांक राजनीति गरेर खाने खालका नेता होइनन् । जमानामा एकलौटी शासन चलाएको कोइराला खलकले अहिले बिरालाले मुसा ढुकेजसरी बस्नुपर्या छ । कठै ! कति निरीह भएछन् ।
हरि थापा
संविधानविपरित भाषण दिई हिँड्नेहरूलाई आतंककारी घोषणा गर सरकार !
फुर्वासिंह लामा
आफ्नो स्वार्थअनुसार जनतालाई प्रयोग गर्नु निन्दनीय छ । सबैले जनताको नाम लिएर आफ्नै मात्र उन्नति–प्रगति गरे । जनताले कुनै पनि आधारभूत आवश्यकता प्राप्त गर्न सकेनन् ।
दिनेश थापा