साप्ताहिक संवाददाता
राणाकालिन समयमा बनेको बबरमहल रिभिजिटेडभित्र सुन्दर, शान्त र चिटिक्क परेको रेस्टुराँ छ, वावर्ची : द रेस्ट्रो बार । वावर्ची नवावी शब्द हो । जसको अर्थ हुन्छ, सेफ (भान्छे) । नजिकै सिंहदरबार र बिभिन्न कार्यालय भएर होला सरकारी तथा निजी क्षेक्रका व्यत्तिहरुको यहाँ बाक्लै जमघट भईरहन्छ ।
धेरैले भेटघाटका लागी यही थलो रोज्ने गर्छन् । बिज्नेश मिटिङ, सेमिनारका लागी पनि वावर्ची धेरैको रोजाईमा पर्ने गर्छ । यहाँ स्वदेशी मात्र होईन वावर्चीमा विदेसीहरु पनि उत्तिकै ओइरिरहन्छन् । वावर्चीका सञ्चालक हुन्, काठमाडौंका युवा व्यवसायी राज श्रेष्ठ ।
अमेरिकाको विचिता युनिभर्सिटीबाट बिइ अध्ययन गरेका राज नेपालमै उद्यम व्यवसाय गर्न चाहन्थे । उनको रुची व्यापारमै थियो । उद्यम, व्यवसायका लागी राजले नेपालमै प्रशस्त सम्भाबनाहरु देखे । त्यसैले उनी ६ वर्ष लामो अमेरिका बाईबाई गर्दै नेपाल फर्किए । ७ वर्ष अगाडी राजले सञ्चालन गरेको यस वावर्ची रेस्टुराँमा नेपाली र कन्टिनेन्टलका साथै भारतीय र चाइनिज टाङ्ग्राका परिकारहरु उपलब्ध छन् ।
वावर्चीको मेनुमा सबैभन्दा धेरै रुचाईएका परिकार हुन्, वावर्ची स्पेशल रोल, पनिर कवाव रोल, कार्टि रोल, बिर्यानी, टाङ्ग्रा हुन् । कट्टी रोल, टाङ्ग्रा चाइनिज, कट्टी कवाव, सि फुड र डेजर्टका थुप्रै भेराइटीहरु यहाँ उपलब्ध छन् । बिहान साढे १० बजे खुल्ने यो रेस्टुराँ राती १० बजे सम्म खुल्ला रहन्छ । वावर्चीले विवाह, ब्रतबन्ध, भोज जस्ता क्याटरिङको सुबिधा पनि उपलब्ध गराउँदै आएको छ ।
२६ जनालाई रोजगारी दिएको वावर्चीले जावलाखेलमा आफ्नो शाखा बिस्तार गरेको छ । अझ वावर्चीलाई उचाईमा पुर्याउँन राजले मिहिनेत गरिरहेका छन् । उनको कामलाई राजकी जीवनसाथी मर्सिया श्रेष्ठले साथ दिईरहेकी छिन् । वावर्चीकै मातहतमा लाबिम मल, सिभिल मल, न्युरोड जस्ता स्थानमा वावर्ची क्वीक बाइट्स फास्टफुड पनि सञ्चालन गर्दै आएको छ ।