साप्ताहिक संवाददाता
चैत्र १७, २०७५
झाँसीकी रानी लक्ष्मीबाईको जीवनकथामा आधारित चलचित्र मणिकर्निकामा देखिएकी ‘कन्ट्रोभर्सी क्वीन’ कंगना रणावत अब बलिउडकी सबैभन्दा महँगी अभिनेत्री हुने भएकी छिन् । भनिन्छ, उनलाई एउटा चलचित्रका लागि २४ करोड भारतीय रुपैयाँ अफर गरिएको छ ।
उक्त चलचित्र दक्षिण भारतकी लोकप्रिय अभिनेत्री तथा तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयराम जयललिताको प्रारम्भिक समयमा आधारित हुने बताइएको छ । पूर्णरूपमा बायोपिक नभनिए पनि उक्त चलचित्रमा जयललिताको बाल्यकाल तथा चलचित्रमा स्थापित हुन उनले गरेको संघर्ष प्रस्तुत गरिनेछ ।
जयललिताको उक्त चरित्र निर्वाहका लागि चलचित्रका निर्माताहरूले कंगनासँग सम्पर्क गरेको तथा कंगनाले उक्त चलचित्रको कथा अध्ययन गरिरहेको बताइन्छ । यो चलचित्र तमिल, तेलुगु, कन्नड तथा हिन्दीसहित चार भाषामा निर्माण हुने निर्माण पक्षले जनाएको छ ।