साप्ताहिक संवाददाता
वैज्ञानिकहरूले थेराप्युटिक कोशिकाको सहयोगले मिर्गौलामा भएका क्षतिग्रस्त कोशिकाहरूको सहज तरिकाले उपचार गर्न सकिने बताएका छन् । यसबाट मिर्गौलासम्बन्धी घातक रोगहरूको समेत उपचार हुनेछ भने मिर्गौला प्रत्यारोपण गर्नुपर्ने आवश्यकता हुनेछैन ।
अमेरिकाको ब्याकफरेस्ट इन्स्टिच्युट फर रिजेनेरेटिभ मेडिसिनका अनुसन्धानकर्ताहरूका अनुसार यसरी प्रयोगमा ल्याइएका स्टेम सेलले मिर्गौलालाई फेरि सक्रिय बनाएर त्यसलाई मर्मत गर्छन् । यसले रोग प्रतिरोधक क्षमता बढाउँछ र ट्युमरलाई बढ्न दिँदैन ।
टिस्यु इन्जिनियरिङ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार उक्त कार्यका लागि एमिनोटिक स्टेम सेललाई एक बिरामीको मिर्गौलामा इन्जेक्ट गरिएको थियो । १० साता पश्चात् यसमा निकै सुधार आएको थियो ।
बायोप्सी प्रतिवेदनका अनुसार स्टेम सेलले क्षतिग्रस्त कोशिकाहरूमा निकै सुधार ल्याएको पाइयो । अनुसन्धानकर्ताहरूका अनुसार चिकित्सा क्षेत्रका लागि यो उपलब्धि निकै नै महत्वपूर्ण सावित हुनेछ ।