साप्ताहिक संवाददाता
क्याप्टेनले कति कमायो ?
पत्रकार भएर यति पनि थाहा छैन । अलि अध्ययन–अनुसन्धान गर्नुहोस् । प्रधानमन्त्री नै आएर हेरेको चलचित्रलाई तँपाईंले चानचुने मान्नु भएको छ । मेरो चलचित्र क्याप्टेनले छक्कापञ्जालाई आधामा छोड्यो । अब तपाईं आफैं हिसाब गर्नुहोस् ।
चलचित्र चलाउन यसपटक कुन हतकण्डा अपनाउनुभयो ?
यसपाली मैले कुनै हतकण्डा गर्नै परेन, गर्ने सोंचेको थिएँ, तर भैदियो के भने उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई हलमा तान्न भुवन केसी नै चाहिने । आखिर भुवन केसी भनेको त केही त रैछ नि ? इन्डस्ट्रीका मानिसहरूले मलाई अझै बुझेका छैनन् ।
क्याप्टेनकी अभिनेत्री उपासना सिंह ठकुरीलाई त जिया केसीले छानेकी हुन् रे नि त ?
हो नि त । ठ्याक्कै पत्ता लाउनुभएछ । जिया जी र म जसले छानेपनि एउटै कुरा त हो नि ।
जिया र तपाईँ सँगै बस्नुहुन्छ भन्ने चर्चा पनि छ ?
चर्चा के चल्यो भन्ने कुराले मलाई केही फरक पार्दैन । जिया मेरी राम्री साथी हुन् । अब यति भनेपछि बाँकी कुरा तपाईंले बुझिहाल्नुहुन्छ । किन कोट्याइरहनु ?
अर्को चलचित्रमा जियालाई नायिका बनाउँदै हुनुहुन्छ ?
जियालाई हिरोइन बनाउने हो कि के बनाउने हो त्यो बैशाखमा थाहा हुन्छ ।
अहिलेसम्म भूवन केसीको कतिजनासँग लभ पर्यो ?
माया गर्नु पाप होइन । मैले कतिलाई माया गरें भनेर गन्नु आवश्यक छैन । अर्को कुरा म तपाईको जानकारीका लागि लागि बताइदिउँ, भूवन केसीले कहिल्यै वान साइड लभ गर्दैन्। मेरो स्मार्टनेसप्रति आकर्षित हुने यूवतीहरू नै फर्ष्टसाइड लभमा पर्ने गरेका छन् । कसैको लभलाई मैले सम्मान गरेर के पाप गरें त ? हिंसा गरेर चर्चामा आउनुभन्दा प्रेम गरेर चर्चामा आउनु राम्रो होइन र ?
ढल्कँदो उमेरमा पनि प्रेमिका फेरि–फेरि हिँड्नुहुन्छ ?
बैंशलाई उमेरले छेक्दैन । मैले आफूभन्दा कान्छीलाई प्रेमिका बनाएको होइन, मलाई अंकल भन्नेहरूले नै पछि मलाई प्रेमी बनाउन रूचाउँछन् भने म के गर्न सक्छु र ।
अनमोलका लागि बुहारी खोज्ने बेला भएन ?
यो त उसको कुरा हो । यतिबेला ऊ चलचित्रमै व्यस्त छ, त्यसैले मैले कर गर्ने कुरा भएन । उसले जहिले बुहारी खोज्नु भन्छ, त्यतिबेलै लमी लगाउँछु ।
अप्रिलफुल बिशेष