साप्ताहिक संवाददाता
चैत्र १८, २०७५
अलास्काको अल्युसन टापुमा १ अप्रिल १९४६ मा भूकम्प गएको थियो । उक्त भूकम्पको झट्का यति तीव्र थियो कि त्यसपछि आएको सुनामीले त्यहाँ निकै ठूलो नोक्सानी गरेको थियो । त्यो दिन अप्रिल फूल थियो र त्यहाँका नागरिक ख्यालठट्टामा मस्त थिए ।
त्यही क्रममा प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी दियो । अलास्काका नागरिकले उक्त चेतावनीलाई अप्रिल फूल सम्झेर बेवास्ता गरे, तर अधिकारीहरूले दिएको चेतावनी सही थियो । त्यहाँ गएको भूकम्पको झट्काको तीव्रता ८.६ म्याग्निच्युड थियो जसले त्यहाँ १ सय ७५ जनाको ज्यान लियो ।
त्यसपछि मात्र सुनामीसम्बन्धी चेतावनी दिने प्रविधिको विकास गरिएको थियो । उक्त सुनामीलाई अमेरिकाको हवाईमा अहिले पनि अप्रिल फूल डे सुनामीका रूपमा सम्झिइन्छ ।