साप्ताहिक संवाददाता
चैत्र १९, २०७५
फेसन नोभालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित फेसन ब्रान्ड मानिन्छ । यो फेसन ब्रान्डले सातामै दजनौं किसिमका फेसनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याइरहेको हुन्छ ।
यसै क्रममा फेसन नोभाले ल्याएको पिंजडा सुरुवाल ‘केज ट्राउजर’ ले निकै चर्चा पाएको छ । साढे ५ हजार रुपैयाँ पर्ने यो ट्राउजर छालाजस्तो पदार्थले बनाइएको छ ।
यो ट्राउजरको डिजाइन कुन अवस्थामा लगाउने भनेर गरिएको हो भन्ने कुरालाई प्रयोगकर्ताहरूले अहिलेसम्म ठम्याउन नसकेका कारण यो फेसन अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा ठट्टाको विषय भएको छ ।