चैत्र १९, २०७५
यही फलैंचामा
तिमी र मैले
बिछ्याएका थियौं
प्रेमको गलैंचा
सँगै रोपेका थियौं
रङ्गीन बँगैचा ।
साँच्चै पृथ्वी गोलो रै’छ
अनि घुम्दै–घुम्दै
म आइपुगेछु
यही तीर्थमा
जहाँ
समर्पित गर्दै
एकले अर्कालार्ईर्
सम्पूर्ण अस्तित्व
हामीले पवित्रता धारण गरेका थियौं ।
तिमीले सुमसुम्याएको थियौ
मेरो सुनौलो, लामो कपाल
चुमेको थियौ आत्मासम्म
मुटुमा प्रेमको किला गाडेर
मैले टाँगेकी थिएँ
तिम्रो अमेटय तस्बिर
हामीले उस्तै–उस्तै
महसुस गरेका थियौं
समयको जाँदुसँगै
मायामा परेका थियौं ।
त्यो मायालु सम्झना
छचल्किरहन्छ
स्मृतिको घल्चाबाट
म प्रेमाकुल भएर
छामिरहेछु झझल्कोले
त्यो सुमधुर अतित
अनि प्रतीक्षारत छु
पुनर्मिलनको आशामा
तिमी अचानक आइपुग्नेछौ
फेरि एकाकार हुनेछौ हामी ।
यही फलैंचामा
तिमी र मैले
बिछयाएका थियौ
प्रेमको गलैंचा
सँगै रोपेका थियौ
रङ्गीन बँगैचा ।