साप्ताहिक संवाददाता
अक्सर नेपाली लोकदोहोरीमा महिला पुरुषबीच बादबिवाद गराईन्छ । महिला र पुरुषबीचको माया प्रेमलाई दोहोरी मार्फत अभिव्यक्त गर्ने चलन छ । यस पटक भने फरक शैलीको दोहोरी गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पुरुष–पुरुषबीचको बादबिवादलाई प्रस्तुत गरिएको छ ।
कयौं लोकप्रिय आधुनिक तथा लोक गीत सिर्जना गरेका एकनारायण भण्डारीले दुई पुरुष बाबुराम पन्थी र झबिन्द्र पौडेलबीच दोहोरी सिर्जना गरेका हुन् । एकनारायण भण्डारीको लय तथा शब्द रहेको उक्त गीतमा गायिका दिलसरा मगरले पनि गायनमा साथ दिएकी छिन् । ‘झुक्यायो चोलीले’ बोलको सार्वजनिक गीतमा आशिष अविरलले संगीत संयोजन गरेका छन् ।
शिव बिकको निर्देशन रहेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा मोडल लोमस शर्मा, रमेश थापा र अभिनेत्री सुष्मा अधिकारीले अभिनय गरेका छन् । गीतलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् भने रामेश्वर कार्कीले छायांकन गरेका हुन् । यस गीतलाई एकनारायण भण्डारीको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
झुक्यायो चोलीलेको म्यूजिक भिडियो :