साप्ताहिक संवाददाता
क्रिकेटलाई पछ्याउने देशका मिडियाले नेपाली खेलाडी सन्दीप लामिछानेलाई दिएको नयाँ नाम हो— घुमन्ते । किन भन्दा उनले पछिल्लो वर्ष अनेकौं देशमा गएर त्यहाँका घरेलु लिग खेलेका छन् ।
गएको सिजनमा इन्डियन प्रिमियर लिग (आईपीएल) मा आवद्ध भएयता उनी धेरै देश पुगे, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, वेस्ट इन्डिजदेखि लिएर क्यानाडासम्म । अहिले तत्काल उनी दिल्ली क्यापिटलसँग आबद्ध छन् । भर्खर सुरु भएको आईपीएलमा दिल्लीले खेलेको पहिलो खेलमा उनी परेनन् ।
त्यसैले यस विषयमा धेरैभन्दा धेरै नेपाली क्रिकेट प्रेमीले निराशा व्यक्त गरे । सबैको एउटै प्रश्न हुने गरेको छ, सन्दीपको पालो कहिले आउला ? दिल्लीकै केही खेलाडीको भनाइ सुन्ने हो भने यसपटक सन्दीपले प्रतियोगितामा राम्रो अवसर पाउने तय जस्तै छ । भारतीय स्टार क्रिकेटर शिखर धवनकै शब्दमा उनले दिल्ली टिमका लागि यसपटक महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।