साप्ताहिक संवाददाता
चलचित्र उद्योगका अभिनेता–अभिनेत्रीहरूको प्रेम–प्रसंगले ठूलै हल्लीचल्ली मच्चाउँछ । कतिपयले आफ्नो प्रेमलाई सहजै स्वीकार गर्छन् भने कोही आफ्नो प्रेमसम्बन्धलाई सिधै नकार्छन् । यस्तै, कतिपय कलाकारचाहिँ आफ्नो प्रेमसम्बन्धलाई लिएर खुलेर कुरा गर्दैनन्, यद्यपि सामाजिक सञ्जालमा भने माया, प्रेम र विछोडको अभिव्यक्ति दिएर दिन कटाउँछन् ।
पछिल्लो समय अभिनेत्री सुरक्षा पन्तको फेसवुक वाललाई नियाल्ने हो भने उनी कसैसँग गहिरो प्रेममा छिन् भन्ने अनुमान लगाउन खासै गाह्रो पर्दैन । उनको फेसबुक स्टाटसमा कतै उनी प्रेम बिछोड परेकी हुन् कि भन्ने पनि लाग्छ ।
सुरक्षाले एक साताअघि फेसबुकमा स्टाटस लेखिन्— जति कोसिस गरे पनि सानोतिनो बिगार भैहाल्छ, त्यही बिगारसँगै माया प्रगाढ भैहाल्छ, किनभने कोसिस त गरेकै थियौ नि माया । यो स्टाटस हेर्दा कतै उनले प्रेममा पीडा भएर यस्तो लेखेकी त होइनन् ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । त्यसो भए को हुन् त उनका प्रेमी ? यो कुराचाहिँ सुरक्षा र उनकै पूर्वप्रेमीलाई नै थाहा होला ।