साप्ताहिक संवाददाता
सामाजिक सञ्जाल इन्स्टाग्राम सेलिब्रेटीहरूमाझ लोकप्रिय मानिन्छ । हलिउड र बलिउडमा मात्र होइन, नेपालमै पनि अधिकांश सेलिब्रेटी आफ्ना गतिविधिका तस्बिर तथा भिडियोहरू इन्स्टाग्राममै सेयर गरिरहेका हुन्छन् । अहिले इन्स्टाग्रामले नेपाली सेलिब्रेटीहरूलाई धमाधम भेरिफाइ (आधिकारिक) गर्न थालेको छ ।
शृंखला खतिवडा (shrinkhala_)
मिस नेपाल वर्ल्ड–२०१८ शृंखला खतिवडाको इन्स्टाग्रामको एकाउन्ट हालसालै भेरिफाइ भएको छ । इन्स्टाग्राममा उनलाई ४ लाख ९१ हजारभन्दा बढीले फलो गरेका छन् भने उनले ९ सय ६२ जनालाई फलो गरेकी छिन् । इन्स्टाग्राममा श्रृंखलाले हालसम्म ७ सय ४२ वटा पोस्ट गरेकी छिन् ।
निकिता चाण्डक (chandak_nikita)
मिस नेपाल वर्ल्ड २०१७ निकिता चाण्डक पनि इन्स्टाग्राममा सक्रिय हुन थालेकी छिन् । हालै भेरिफाइड भएको उनको इन्स्टा एकाउन्टमा २ लाख १२ हजार ३ सय ९८ जनाले फलो गरेका छन् भने उनले ७ सय ८२ जनालाई फलो गरेकी छिन् । निकिताले हालसम्म २ सय ४९ वटा फोस्ट गरेकी छिन् ।
साम्राज्ञी राज्यलक्ष्मी शाह
(srls_samragyeerlshah)
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको इन्स्टाग्राम एकाउन्ट हालै ह्याक भयो । एकाउन्ट ह्याक भएपछि उनका एक हजारभन्दा बढी पोस्ट मेटिए । यद्यपि एकाउन्टमा उनलाई फलो गर्नेहरूको संख्या भने घटेन । हालै सुचारु भएको उनको एकाउन्टमा ४ लाख ३८ हजार २ सय ५२ जनाले फलो गरेका छन् । जम्मा ७१ वटा मात्र पोस्ट भएको उनको एकाउन्टबाट उनले ७ सय ८७ जनालाई फलो गरेकी छिन् ।
अदिति बुढाथोकी (aditi_budhathoki)
अभिनेत्री अदिति बुढाथोकी पनि इन्स्टाग्राममा सक्रिय छिन् । काठमाडौंको तुलनामा मुम्बईमा बढी बसोबास गर्ने अदितिको इन्स्टा एकाउन्टलाई ६ लाख ५५ हजार ८ सय ९२ जनाले फलो गरेका छन् भने उनले ६ सय ४ जनालाई फलो गरेकी छिन् । अदितिले आफ्नो इन्स्टामा हालसम्म ९ सय ९० वटा फोस्ट गरेकी छिन् ।
अनमोल केसी (anmolkc_official)
अभिनेता अनमोल केसीको भेरिफाइड इन्स्टा एकाउन्टलाई २ लाख ८९ हजार २ सय १ जनाले फलो गरेका छन् । अनमोलले भने ५ सय ६२ जनालाई फलो गरेका छन् । केसीले आफ्नो इन्स्टा एकाउन्टमा हालसम्म ४ सय ४४ वटा पोस्ट गरेका छन् ।
झरना थापा (jharanathapa)
अभिनेत्री झरना थापाले आफ्नो भेरिफाइड इन्स्टाग्राम एकाउन्टमा हालसम्म ५ सय १९ वटा पोस्ट गरेकी छिन् । उनलाई ५४ हजार ५ सय ६१ जनाले फलो गरेका छन् भने उनले २ सय २ जनालाई फलो गरेकी छिन् ।
सृष्टि श्रेष्ठ (shristishrestha)
मिस नेपाल–२०१२ तथा अभिनेक्री सृष्टि श्रेष्ठ इन्स्टाग्राममा अत्यधिक सत्रिय हुने नेपाली सेलिब्रेटी हुन् । उनले आफ्नो इन्स्टा एकाउन्टबाट हालसम्म ४ सय ३१ वटा पोस्ट गरिसकेकी छिन् । सृष्टिलाई ४ लाख ३९ हजार ९ सय ७४ जनाले फलो गरेका छन् भने उनले १ सय ३५ जनालाई फलो गरेकी छिन् ।
माल्झिका सुब्बा (malvikasubbaofficial)
सन् २००२ मै मिस नेपालको उपाधि जितेकी माल्भिका सुब्बा सञ्चारकर्मी तथा कोरियोग्राफरका रूपमा सक्रिय छिन् । उनको भेरिफाइड इन्स्टा एकाउन्टलाई २ लाख ६९ हजार २ सय ६४ जनाले फलो गरेका छन् भने उनले १ हजार १ सय ४८ जनालाई फलो गरेकी छिन् । माल्भिकाले इन्स्टाग्राममा १ हजार ६ वटा पोस्ट गरिसकेकी छिन् ।
प्रियंका कार्की (priyanka.karki)
अभिनेतृ प्रियंका कार्की पनि इन्स्टाग्राममा अत्यधिक सक्रिय रहन्छिन् । उनको भेरिफाइड इन्स्टा एकाउन्टलाई ७ लाख ४२ हजार ७ सय ७७ जनाले फलो गरेका छन् । आफ्नो एकाउन्टबाट हालसम्म २ हजार ९ सय ७३ वटा पोस्ट गरिसकेकी प्रियंकाले ७ सय ७६ जनालाई फलो
गरेकी छिन् ।
प्रबल गुरुङ(prabalgurung)
फेसन डिजाइनर प्रबल गुरुङ अमेरिकामा पनि नेपाली सेलिब्रेटीकै रूपमा चिनिन्छन् । उनको भेरिफाइड इन्स्टा एकाउन्टलाई हालसम्म ६ लाख ५२ हजार ७ सय २० जनाले फलो गरेका छन् भने उनले ४ सय २३ जनालाई फलो ब्याक गरेका छन् । प्रबलले हालसम्म इन्स्टाग्रामबाट ६ हजार २ सय १४ वटा फोस्ट गरिसकेका छन् ।
मनीषा कोइराला (m_koirala)
अभिनेतृ मनीषा कोइरालाको एकाउन्ट हालै मात्र भेरिफाइड भएको हो । इन्स्टाग्राममा उनलाई ९ लाख ४३ हजार ८ सय २३ जनाले फलो गरेका छन् भने उनले १ सय २२ जनालाई फलो गरेकी छिन् । इन्स्टाग्राममा मनीषाले हालसम्म १ हजार ९ सय ५५ वटा पोस्ट गरेकी छिन् ।