साप्ताहिक संवाददाता
सैफ अली खान तथा करीना कपुरका छोरा तैमुर अली खान निकै भाग्यमानी बालक हुन् । नाम चलेका कलाकारको घरमा जन्मिएकाले उनिप्रति मिडियाको नजर पर्नु स्वभाविकै हो । तर, मिडियाले तैमुरलाई निकै सानो उमेरमा धेरै फ्यान कमाउन सफल भएको संज्ञा दिएका छन् ।
पछिल्ला केहि हप्तादेखी यि स्टार किड्सको चर्चा कुनै नाम चलेका स्टारभन्दा कम नभएको समाचार सार्वजनिक हुँदै आएको थियो । तैमुरले खेलिरहेका, घुमिरहेका भिडियो तथा फोटो सामाजिक सन्जालमा निकै भाइरल हुने गरेका छन् । कुनै बिबाह, पार्टि तथा घुमघामका लागी तैमुर आफ्ना बा–आमाको साथमा पुगेका बेला समेत धेरैको नजर सैफ–करिनाभन्दा पनि तैमुरतिर बढि केन्द्रित हुने गरेकाले समेत तैमुरलाई धेरैले बलिउमा इन गराउनुपर्छ भन्दै आएका थिए ।
हालै भारतीय मिडियामा ३ बर्ष नपुग्दैको उमेरमै तैमुर बलिउडमा इन गरेको समाचार सार्वजनिक भएको छ । २०१६ डिसेम्बर २० मा जन्मिएका तैमुर आफ्नी आमा करीना कपुरको अपकमिङ चलचित्र गुड न्युजमा देखिने भारतीय मिडियाले जनाएका छन् । रिपोर्टमा जनाइएअनुसार तैमुरलाई यो चलचित्रमा १० मिनेटसम्म देख्न सकिनेछ ।
यस बिषयमा चलचित्र निर्माण टिमले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तैमुर परिवारले पनि केहि जानकारी गराएका छैनन् । केहि दिन अघि तैमुर एउटा चलचित्रको सेटमा घुमिरहेको भिडियो निकै भाइरल भएको थियो । धेरैले आफ्नी आमासँग चलचित्र सेटमा घुमेको अनुमान गरेका थिए । तर, गोप्य श्रोतको दाबी गर्दै भारतीय मिडियाले बलिउडमा तैमुरलाई यो चलचित्रमा देख्न सकिने दाबी गरेका छन् ।
गुड न्युजमा करीना कपुरको साथमा अक्षयकुमार, कियारा आडवाणी तथा दिलजीत दोसाँझ देखिने पक्का भएको छ । यो चलचित्र करण जौहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको छ । चलचित्रलाई राज मेहताले निर्देशन गरिरहेका छन् ।