साप्ताहिक संवाददाता
चैत्र २२, २०७५
आलु गाउँका रूपमा परिचित कास्कीको हेम्जामा आज शुक्रबारदेखि दसौं राष्ट्रिय हेम्जा आलु महोत्सव–२०७५ सञ्चालनमा आउँदैछ । विष्णुपादुका क्लबले आयोजना गर्ने यो महोत्सव वैशाख १ गतेसम्म चल्नेछ । ‘सुन्दर ठाउँ हेम्जा जाऊँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ बर्सेनि यो महोत्सव सञ्चालन हुँदै आएको छ ।
महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारहरूको प्रस्तुति, जापानी सुन्तला, च्याउ, कफी एवं चियाको बिक्री तथा प्रदर्शनी, कृषि बीउबिजन एवं अन्य कृषि यन्त्रको प्रदर्शनी आदी रहनेछन् ।