घोडासम्बन्धी केही तथ्य 

- साप्ताहिक संवाददाता

चैत्र २२, २०७५

    मानिसपछि घोडा मात्र यस्तो जनावर हो, जसको शरीरबाट पसिना आउँछ । 

    घोडामात्र यस्तो जनावर हो, जसको मानिसको जस्तै केस हुन्छ । 

    घोडाले नाकबाट मात्र श्वास फेर्छ । श्वास फेर्दा घोडाले हामीलेजस्तो वा अन्य जनावरलेजस्तो मुख प्रयोग गर्दैन । 

    घोडा नरोकिई लगातार आठ घण्टासम्म दौडन सक्छ ।

    धेरै मानिसले घोडालाई बसेको अवस्थामा नदेखेका हुन सक्छन् । यसका पछाडि पनि वैज्ञानिक कारण छ । घोडाले उभिदाभन्दा बस्दा दोब्बर उर्जा खपत गर्छ । त्यसैले आफ्नो शरीरको उर्जा बचाउन घोडा बर्स्दैन ।

    एक अनुमानअनुसार अहिले संसारभर ६ करोडभन्दा बढी घोडा पाल्तू अवस्थामा छन् । 

    अन्य स्तनधारी जनावरको तुलनामा घोडाको आँखा उसको शरीरको अनुपातमा ठूलो हुन्छ ।

    संसारभर ३ सयभन्दा बढी प्रजातिका घोडा पाइन्छन् । 

    घोडाको औसत उमेर ३० वर्ष हो । 

    घोडामाथि लेखिएको पहिलो कृति ‘शालिहोत्र’लाई मानिन्छ । उक्त कृति महाभारतकालमा लेखिएको अनुमान गरिएको छ । 

    एउटा घोडाले अधिकतम १४ दशमलव ९ अश्वशक्ति बराबरको उर्जा उत्फादन गर्न सक्छ । एक अश्वशक्ति बराबर ७ सय ४६ वाटशत्ति हुन्छ । यसैकारण अहिले पनि वैज्ञानिकहरू शक्ति अथवा उर्जालाई हर्षपावर अर्थात अश्वशक्तिका रुपमा परिभाषित गर्छन् । 

प्रकाशित :चैत्र २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×