साप्ताहिक संवाददाता
चेतक
मेवाडका शासक महाराणा प्रतापको घोडा चेतक इतिहासकै सर्वाधिक चर्चित घोडा हो । भनिन्छ, उक्त घोडाले विभिन्न लडाइँका क्रममा महाराणा प्रतापलाई धेरै पटक मर्नबाट जोगाएको थियो । भारतीय इतिहासकारहरूले यसको गतिशीलता र स्वामीझक्तिको मुत्तकण्ठले चर्चा गरेका छन् ।
बुसफालस
विश्वविजयमा निस्किएका ग्रिसका शासक अलेक्जेण्डर द ग्रेटको निजी घोडा थियो—वुसफालस । अहिले पनि विभिन्न मूर्तिकारले घोडाको मूर्ति बनाउने परिकल्पना गर्दा यही घोडाको काल्पनिक चित्रलाई आधार बनाउँछन् ।
ट्राभलर
अमेरिकी स्वतन्त्रता संग्रामका नायक जनरल रबर्ट इ.लिको निजी घोडा ट्राभलरले अमेरिकी स्वतन्त्रता संग्रामका बेला जनरल लि लाई धेरै पटक अंग्रेज तथा युरोपेली सैनिकहरूको दुष्चक्रबाट जोगाउन दुश्साहसिक क्षमता प्रदर्शन गरेको थियो ।
मारेन्गो
यो घोडा विश्वविजयको सपना देख्ने फ्रान्सका सम्राट नेपोलियनको निजी घोडा थियो । नेपोलियन बोनापार्टको जीवनको अन्तिम समयसम्म उनी सँगै रहेको यो घोडालाई वाटरलुको अन्तिम युद्धमा ब्रिटिसहरूले विजय प्राप्त गरेपछि आफ्नो कब्जामा लिएका थिए । यसलाई युद्धबन्दी बन्ने पहिलो घोडासमेत मानिन्छ ।
पालोमो
सम्पूर्ण दक्षिण अमेरिकालाई स्पेन र पोर्चुगलको दासताबाट उन्मुक्ति दिन युद्ध अभियान सञ्चालन गरेका विश्वकै सर्वाधिक चर्चित योद्धा सिमोन बोलिभरको नीजि घोडाको नाम पालोमो थियो । यही घोडामा चढेर बोलिभरले एण्डिजको पर्वतमालादेखि अर्जेन्टिनाको पुछारसम्म आफ्ना स्वतन्त्रता सेनानीलाई युद्धसम्बन्धी निर्देशन दिन्थे ।
काजतान्का
प्रथम विश्वयुद्धताका जर्मन आक्रमणकारी सेना विरुद्ध पोल्यान्डका जनताको नेतृत्व गर्ने मार्सल जोजेफ पिल्सुज्डकी यही घोडामा सवार भएर आफ्ना सैनिकको नेतृत्व गर्थे । खासमा यो एउटा घोडी थिई ।