साप्ताहिक संवाददाता
धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण सहयोगार्थ भोलि शनिबार सञ्चालन हुने मातृभूमि कपबाट उठेको रकमको १५ प्रतिशत रकम बारा–पर्साका हावाहुरी प्रभावित क्षेत्रमा खर्च गरिने भएको छ । फाउन्डेसनले दिएको जानकारी अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूसँग हुने कलाकारहरूको भिडन्त कीर्तिपुर खेल मैदानमा शनिबार बिहान १० बजे प्रारम्भ हुने बताइएको छ ।
सिम्पानी
भोलि शनिबार फुर्सदमा हुनुहुन्छ भने हाइकिङ गएर सदुपयोग गर्न सक्नुहुन्छ । तपाईं पहिलो पटक यो हाईकिङमा सहभागी हुँदै हुनुहुन्छ भने १ हजार रुपैयाँ तिर्नुपर्नेछ भने पुरानाले ६ सय रुपैयाँ तिरे पुग्छ । विदेशीका लागि भने १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । पहिलो पटक जानेहरूलाई टिसर्ट उपलब्ध गराइन्छ । नियमित शुल्कभित्र यातायात, ब्रेकफास्ट तथा फर्स्ट किड आदिको सुविधा प्राप्त हुन्छ । मातातीर्थबाट सुरु हुने यो हाइकिङ मच्छेगाउँ पुगेर टुंगिनेछ ।
समय : बिहान ७ बजे रुट : मातातीर्थ, चाखेल देउराली, सिम्पानी छाप डाँडा, मच्छेगाउँ अवधि ः ६ घण्टा आयोजक : नेटिभ ट्रेल्स ट्रेकिङ