साप्ताहिक संवाददाता
चैत्र २२, २०७५
गायक स्वरुपराज आचार्यको स्वरमा नयाँ गीत सार्वजनिक भयो । ‘नदेखेको धेरै भयो’ बोलको सार्वजनिक गीतमा गायक आचार्यलाई गायनमा गायिका बिन्दु परियारले साथ दिएकी छिन् ।
इश्वर श्रेष्ठको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । प्रकाश धितालले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा महेश खड्का र इस्तु कार्कीले अभिनय गरेका छन् ।
गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।
नदेखेको धेरै भयोको म्यूजिक भिडियो :