बलिउड, संसारको दोस्रो ठुलो चलचित्र उद्योग हो । धेरै कलाकारहरुको ड्रिम पनि । स्टारडम, आम्दानी र इज्जतका कारण धेरैको ध्यान बलिउडतर्फ केन्द्रित भएको हो । हजारौंको रोजिरोटी समेत बनेको यो उद्योगमा काम गरेर धनाढ्यको सुचिमा पर्ने कलाकार पनि धेरै छन् । त्यसो त विलासी जिवनशैली बिताउने कलाकारहरु थुप्रै छन् । उद्यपी, सर्वाधिक आम्दानी गर्ने कलाकार को को हुन् त ? ८ कलाकारको बारेमा छोटो टिप्पणी :
शाहरुख खान
शाहरुख अभिनित चलचित्र निरन्तर फ्लप भैरहेका छन् । यो बर्षपनि उनको अभिनय रहेको प्रतिक्षित चलचित्र ‘जिरो’ फ्लप भयो । यद्यपी, उनको लोकप्रियता र स्टारडममा खासै फरक परेको छैन । कडा परिश्रम गर्ने लोकप्रिय अभिनेता शाहरुखले यो २५ बर्षको चलचित्र यात्रामा धेरै सुपरहिट चलचित्र दिएका छन् । धेरै पुरस्कार जितेका छन् । भारतमा वितरण हुने नाम चलेका अधिकांस एवार्ड जितिसकेका छन् । झण्डैं १ सय चलचित्रमा काम गरिसकेका शाहरुख धेरै अभिनेताको सपना पनि हुन् । प्रेरणा पनि । संसारभरबाट फ्यान कमाउन सफल धेरैका दिवाना पनि हुन् । उनै शाहरुख बलिउडका सर्वाधिक धनिको सुचिमा समेत छन् । प्रति चलचित्र ६० करोड भारतिय रुपैयाँ लिने उनले कतिपय चलचित्रमा शेयरमा समेत काम गर्छन् । बलिउडमा किङ खानले चिनिएका उनको अथाह सम्पत्ती छ । २०१९ सम्म शाहरुखसँग अनुमानित ६ सय मिलियन डलर बराबरको सम्पत्ती रहेको बताइन्छ । यि अभिनेता संसारका सर्वाधिक धनि कलाकारको सुचिमा समेत पर्दै आएका छन् ।
सलमान खान
सलमान खानको यथार्थ नाम हो अब्दुर रसिद सलिम सलमान हो । सलमानलाई बलिउडमा मेघास्टार, दबगंस्टार, सल्लु भाई लगायतका उपनामले समेत चिनिन्छ । सलमानका धेरै चलचित्रले वलिउडमा रेकर्ड समेत राखेको छ । काममा निकै समर्पित हुने, कडा परिश्रमका कारण सलमानले धेरै हिट चलचित्र दिएका छन् । अधिकांस राष्ट्रिय पुरस्कार जितेका उनले दर्जनौं प्रतिष्ठित एवार्ड पाएका छन् । एक चलचित्रबाट ६० देखी ७० करोड भारतीय रुपैयाँ लिने सलमान धेरैजसो चलचित्रमा शेयरमा समेत काम गर्छन् । सलमान बलिउडमा काम गरेर सर्वाधिक आम्दानी गर्ने कलाकारको सुचिको अग्रपंक्तीमै पर्छन् । उनिसँग संसारका महंगा भनिएका विभिन्न लक्जरियस कार, करोडौं मुल्यबराबरको अपार्टमेन्ट छ । उनिसँग २ सय ३० मिलियन डलर बराबरको सम्पत्ती रहेको बताइन्छ ।
आमिर खान
यि अभिनेताको पुरा नाम मोहम्मद आमिर हुसैन खान हो । बलिउडमा आमिरको शान पनि निकै लोभलाग्दो किसिमको छ । उनि यस्ता अभिनेता हुन्, जसका चलचित्रले बलिउडमा कुनै न कुनै किसिमले रेकर्ड तोड्दै आएको छ । सर्वाधिक लोकप्रिय अभिनेताको सुचिमा पर्ने उनलाई मिस्टर प्रफेसनिस्टको रुपमा समेत लिने गरिन्छ । मिहेनती र फरक क्षमता देखाउने आमिरका धेरैजसो चलचित्रले सामाजिक सन्देश दिने गर्छन् । आमिरले प्रति चलचित्र ६० करोड भारतीय रुपैयाँ लिने गर्छन् । पछिल्लो समय प्रदर्शन भएको चलचित्र ठग्स अफ हिन्दोस्तान ब्यापारिक रुपमा असफल भएको थियो । सधै फरक काम गर्न रुचाउने आमिर अहिले नयाँ चलचित्रको काममा ब्यस्त छन् ।
अक्षयकुमार
अक्षयको खास नाम हो राजिब हरि ओम भटिया । अक्षय अमृतसरमा जन्मिए । सोहि ठाउंमा हुर्किए । केहि समय थाइल्याण्डमा जागिर गर्न पुगे । पछि विभिन्न ठक्कर खाँदै बलिउड भित्रिए । उनको वलिउड यात्रा निकै रोचक छ । भारतिय मिडियाका अनुसार अक्षयसँग पनि लाखौंको सख्याँमा डाइहार्ड फ्यान छन् । जस्ता पायो त्यस्तै किसिमका चलचित्रमा काम नगर्ने अक्षयकुमार भारतीय चलचित्र उद्योगमा सफल अभिनेता हुन् । अनुशासित, कडा परिश्रम र निकै समर्पित भएर काम गर्ने बानी मात्रै हैन अक्षय निकै कम बिबादमा आउने अभिनेता पनि हुन् । १ सयको हाराहारीमा चलचित्रमा काम गरेका, भारतका विशेष अधिकांस एवार्ड हात पारेका अक्षयले एक चलचित्रमा काम गरेवापत ४५ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छन् ।
रितक रोशन
चर्चित फिल्ममेकर राकेश रोशनका छोरा रितिक रोशन असाधारण नृत्य र अभिनय क्षमताका कारण सधै चर्चामा रहने गरेका छन् । संसारका आकर्षक पुरुषको पहिलो नम्वरमा समेत पर्दै आएका उनि बलिउडका सर्वाधिक ह्याण्डसम अभिनेता समेत हुन् । खटेर काम गर्ने रितिक धेरैका लागी प्रेरणा समेत हुन् । उनले एक चलचित्रवाट ४५ देखी ५० करोड रुपैयाँ लिने गरेका छन् ।
अजय देवगन
अजय भारतका चर्चित सुपरस्टार हुन् । अद्भुत अभिनय कला पस्कने अजय पनि बलिउडमा सर्वाधिक आम्दानी गर्ने अभिनेताको सुचिमा छन् । दर्जनौं एवार्ड हात पारेका यि अभिनेताले एक चलचित्रबाट ३० करोड देखी ३५ करोड रुपैयाँ पारिश्रमिक बुझ्दै आएका छन् । अजयसँग २ सय ६० करोड बराबरको सम्पत्ती रहेको भारतीय मिडियाले जनाएका छन् । अक्षय पारिवारिक रुपमा समेत निकै सफल कलाकार हुन् ।
अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चन अहिले ५० वर्षको चलचित्र यात्रामा हिडिरहेका छन् । बलिउडमा अधिक चलचित्रमा काम गरेका उनलाई सबैभन्दा धेरै सम्मान गरिन्छ, बलिउडमा । अमिताभले पाउनुपर्ने अब कुनैपनि एवार्ड छैनन्, कुनै विशेष पुरस्कार पनि । उनले एक चलचित्रमा काम गरेवापत २५ देखी ३५ करोड लिने गर्छन् ।
रणविर सिंह
छोटो समयमै सवैको मन जित्न सफल अभिनेता हुन् रणविर सिंह । बलिउड क्विन दिपिका पादुकोणलाई हालै घर भित्राएका रणविरलाई भाग्यमानी यस कारण पनि मान्नुपर्छ की उनका अधिकांस चलचित्र हिट लिस्टको सुचिमा छन् । २० देखी २५ करोड रुपैया“ पारिश्रमिक बुझ्दै आएका रणविर अभिनित पद्मावत, रामलिला, गुण्डे, बाजिराओ मस्तानी, गल्ली ब्वाए, सिम्बा लगायतका चलचित्र निकै हिट भए । चलचित्रमा लोकप्रिय भएसँगै पछिल्लो समय उनी दर्जनौं ब्राण्डको एम्बेस्डर समेत बनेका छन् ।