साप्ताहिक संवाददाता
दैनिक जीवनमा अति आवश्यक कुरालाई सजिलो माध्यमबाट सेवा–सुविधा दिने लक्ष्यका साथ निर्माण गरिएको रिचार्जर एपले कम समयमै लोकप्रियता हासिल गरेको छ । यो एपले गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउन्ट खोल्नेबित्तिकै प्रयोगकर्ताले १ सय रुपैयाँ क्यास व्याक पाउने सुविधा उपलब्ध गराएको छ । त्यसपछि यो एपबाट जत्तिको मोबाइल रिचार्ज गरिन्छ, त्यत्ति नै क्यास व्याक पाउने सुविधा पनि उपलब्ध छ ।
एप निर्माण गर्ने कम्पनीले जनाएअनुसार नेपालको यो एक मात्र त्यस्तो एप हो, जसबाट अनलाइन पेमेन्ट तथा अनलाइन सपिङ सजिलै गर्न सक्छन् । यो एपबाट मोबाइल रिचार्ज गर्दा, चलचित्र, बस वा हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिङ गर्दा उपभोक्ताले चलनचल्तीका अधिकांश बैंकको ई–बैंकिङ, ई–सेवा, आईएमई पे आदि गेटवेका साथै मास्टर तथा भिसाका डेबिट र क्रेडिट कार्डबाट समेत सोझै पैसा तिर्न सकिन्छ ।
‘नेपाली एप्स हामी नेपालीहरूकै लागि’ भन्ने नाराका साथ सञ्चालनमा आएको यो एपले सपिङका लागि नेपालमा उत्पादन भएका तथा विदेशबाट चलनचल्तीमा रहेका १ हजारभन्दा बढी ब्रान्डसँग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यो एपबाट होटल, रेस्टुराँ, पानी, बिजुलीका साथै इन्टरनेट सेवा प्रदायकका बिलहरूसमेत तिर्न सकिन्छ ।