साप्ताहिक संवाददाता
चैत्र २५, २०७५
अभिनेत्री अनु शाह एकताका चलचित्रमा व्यस्त थिइन् । अनुले अभिनय गरेका चलचित्र गोरे, द्रव्य, लक्ष्य, बागीजर, तसाल आदि एकपछि अर्को गर्दै प्रदर्शनमा आए । यद्यपि, अहिले उनको हातमा कुनै चलचित्र छैनन् भन्दा पनि हुन्छ ।
अभिनेता सविन श्रेष्ठसंग प्रेममा रहेकी अनु चलचित्रमा नदेखिए पनि फुर्सदमा भने छैनन् । किनभने उनले अहिले पनि म्युजिक भिडियोको अभिनयलाई निरन्तरता दिइरहेकी छिन् ।
हप्तामा दुई–तीनवटा भिडियोको काम गरिरहेकी अनुले अभिनय गरेको पछिल्लो गीत बोतलको पानी यसै साता सार्वजनिक भएको छ ।