साप्ताहिक संवाददाता
आफ्नी २३ वर्षीया विवाहित छोरीको अकस्मात् मृत्यु भएपछि उनका बुबाले ज्वाइँको लिंगका कारण आफ्नी छोरीको मृत्यु भएको अनौठो आरोप लगाएका छन् । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा बसोबास गर्ने ती पिताले आफ्नी छोरीको मृत्यु ज्वाइँको लिंग अत्यधिक ठूलो भएका कारणले भएको उजुरी प्रहरीसमक्ष दर्ता गराएका छन् ।
उजुरी प्राप्त भएपछि प्रहरीले ती ज्वाइँलाई गाउँबाटै पक्राउ गरेको थियो । ती ज्वाइँले ससुराले लगाएको आरोप झूटो भएको बताए पनि गाउँलेहरूले पुरुषलाई आफ्नो लिंग देखाउन दबाब दिएका थिए । स्थानीय बासिन्दाहरूको दबाब झेल्न नसकेपछि ज्वाइँले भीडलाई नै आफ्नो लिंग देखाउनुपरेको थियो ।
लिंग परीक्षणपछि ज्वाइँको लिंग सामान्य निस्कियो । त्यसैले ती युवतीको मृत्युको कारण उनको ठूलो लिंग नभएर अन्य भएको बताइयो । मृतक महिला लामो समयदेखि छारे रोगले ग्रस्त भएको बताइन्छ । आखिर ती ससुरालाई कसले यस्तो उट्पट्याङ कुरा सुनाएर उकास्यो भनेर उनका ज्वाइँ भने शोकको अवस्थामा समेत आश्चर्य व्यक्त गरिरहेका छन् ।