साप्ताहिक संवाददाता
क्यान्सरको सहज उपचारका लागि वैज्ञानिकहरूले नानो रोबोटिक प्रणालीको विकास गरेका छन्, जसले क्यान्सरको लक्षण तुरुन्तै पत्ता लगाउँछ । साइन्स रोबोटिक्स पत्रिकामा प्रकाशित एउटा लेखमा नानो रोबोटलाई चुम्बकिया चिम्टा भनिएको छ ।
यसले मानिसको शरीरको कोशिकाको गहिराइसम्म पुगेर क्यान्सर कोष पत्ता लगाउँछ । क्यानाडाको युनिभर्सिटी अफ टोरन्टोका वैज्ञानिक जियान वाङका अनुसार लेजर रेको सहयोगले कोशिकाहरूको जाँचमा प्रयोग गरिने अप्टिकल चिम्टा निकै प्रसिद्ध छ र यो प्रविधिले सन् २०१८ को नोबेल पुरस्कारसमेत प्राप्त गरेको थियो ।
वाङद्वारा विकसित उक्त फ्रणालीमा जिवित क्यान्सर सेलयुक्त एक माइत्रोस्कोपको कभर स्लिपमा ६ वटा म्याग्नेटिक क्वाइल राखिएको छ । मानिसको केशभन्दा दश गुणा पातलो ऊक्त म्याग्नेटिक क्वाइलको सहयोगले क्यान्सरयुत्त कोषको पहिचान गर्न सकिन्छ ।
यसले सुरुवाती र अन्त्य सबै अवस्थाको रक्त क्यान्सरको जाँच गर्न सक्छ । भविष्यमा नानो रोबोट प्रयोग गरी ट्युमरमा भएको रक्तवाहिनी नलीलाई ब्लक गरेर यसको विकास रोक्न सकिने र क्यान्सर कोष नष्ट हुने वाङले जानकारी दिएका छन् ।