साप्ताहिक संवाददाता
चैत्र २६, २०७५
आफ्ना कर्मचारीहरूको शरीरको तौल बढ्दै गएपछि संयुक्त अरब इमिरेट्स सरकारले मोटोपन घटाउने विशेष योजना अघि सारेको छ । लुज टु विन अभियानमा मोटोपनको सिकार भएका कर्मचारीहरूले सहभागिता जनाउन पाउँछन् ।
यो अभियानमा सरकारको मातहतमा रहेका पोषण विशेषज्ञ तथा स्वास्थ्य शिक्षकहरूले सही खानपिन, कसरत आदिका तौर तरिकाका सम्बन्धमा जानकारी दिने छन् । त्यस बाहेक धेरै मोटोपन भएका व्यक्तिलाई आठ सातामा तौल घटाउने विशेष टिप्ससमेत प्रदान गरिनेछ ।
यसैगरी पोषणविज्ञ मार्फत बजारमा पाइने खानाहरू कति मात्रामा खानेदेखि लिएर खानेकुराको लेभल हेर्न समेत सिकाइनेछ ।