युवास्टार अनमोल केसीका कुन–कुन चलचित्र हिट भए ? यो बिषयमा अहिले चर्चा नगरौं । होस्टेलबाट हिरो बनेका अनमोलको अर्को प्रतिक्षित चलचित्र चलचित्र ‘ए मेरो हजुर–३’ चाडैं सार्वजनिक हुँदैछ । अनमोलले यो प्रोजेक्टलाई आफुले विशेष रुपमा लिएको बताउँछन् । यो चलचित्रमा अनमोलले एकदमै नयाँ हिरोइनसँग काम गरेका छन् । यो अचम्मको कुरा होइन । किनकी, अनमोलले अहिलेसम्म काम गरेका हिरोइनहरु अधिकांस नयाँ छन् । यो अनमोलको माग हो या संयोग मात्रै हो त्यो भने अनमोललाई थाहा होला अथवा सम्बन्धित चलचित्रका निर्माता–निर्देशकलाई । यद्यपी अनमोल नयाँ-नयाँ हिरोइनसँग रोमान्स गरिरहेका छन् । छोटो टिप्पणी :
होस्टेल : ५ बर्षअघि सार्वजनिक भएको चलचित्र होस्टेलमा अनमोलमा प्रकृती श्रेष्ठसँग रोमान्स गरे । चलचित्रको कथाबस्तु अनुसार अनमोल उक्त चलचित्रमा गौरव पहारीले मन पराएकी युवतीलाई फन्दामा पार्ने र गौरवलाई जलाउने काम गरे । धनाढ्य परिवारको छोरा अनमोललाई सानै उमेरमा होस्टेल राखिन्छ जसलाई कुनै कुराको मतलव हुँदैन ।
जेरी : यो चलचित्रमा अनमोल केसी लभर व्वाएको रुपमा देखिए । चलचित्रमा उनले आन्ना शर्मासँग रोमान्स गरेका छन् । उक्त चलचित्रमा आन्ना चलचित्र क्षेत्रमा नयाँ अनुहार थिइन् । यो चलचित्रमा अनमोल र आन्नाको गज्जबको अभिनय देखियो । यि हिरोइनसँग त अनमोलको रियल लाइफमा प्रेम पनि थियो भन्ने हल्ला थियो ।
ड्रिम्स : अनमोलको करिअरमा सफल चलचित्र कुनै हो भने त्यो ड्रिम्स हो । यो चलचित्रले अनमोललाई एउटा खतरानाक लभर व्वाएको रुपमा स्थापित त ग¥र्यो, सोहि चलचित्रबाट साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र क्षेत्रमा धेरैको नजरमा परिन् । सो चलचित्रपछि साम्राज्ञीलाई कहिल्यै फर्किएर हेर्नुपरेन । यो चलचत्रिमा पनि अनमोल नयाँ हिरोइनसँग रोमान्स गर्न पाए ।
गाजलु : यो चलचित्रमा अनमोलले पुर्व मिस नेपाल श्रृष्टि श्रेष्ठसँग रोमान्स गरे । व्यापारिक हिसाबले औषत चलेको यो चलचित्रमा श्रृष्टि नयाँ थिइन् । चलचित्रमा हिरोइनको रुपमा प्रवेश गर्न खोजिरहेका बेला निर्देशक हेमराज विसीले श्रृष्टिलाई भित्राएका थिए ।
क्याप्टेन : आफ्नै पिताले निर्माण गरेको चलचित्र क्याप्टेनमा अनमोलले दुईवटा नयाँ हिरोइनसँग रोमान्स गरे । चलचित्रमा थिए, उपासना सिंह ठकुरी र प्रियंका एमभी । श्रोतका अनुसार भुवन केसीकी गर्लफ्रेण्ड जिया केसीले यि दुई हिरोइन् खोजेकी थिइन् ।
ए मेरो हजुर ३ : यहि चैत २९ गते सार्वजनिक हुन लागेको यो चलचित्रमा अनमोलले चर्चित अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापासँग रोमान्स गरेका छन् । यो चलचित्रमा पनि अनमोल एउटा खतरानाक लभर ब्वाएको भुमिका देखिनेछन् ।
के भन्छन् अनमोल ?
अनमोल केसीले नयाँ हिरोइन छान्ने बिषयमा आफ्नो कुनै हात नरहने बताए । उनले भने, ‘म निर्देशक तथा चलचित्रको कथा अनुसार कसरी आफुलाई प्रस्तुत गर्ने भन्ने मात्रै सोच्ने गरेको छु, हिरोइन र अन्य कलाकार छान्ने बिषयमा मेरो हात हुँदैन ।’ हरेक चलचित्रमा नयाँ अभिनेत्रीसँग“ग देखिएका अनमोल आगामी चलचित्रमा कुन हिरोइनसँग देखिन्छन् त ? त्यो भने समयले बताउला ।