साप्ताहिक संवाददाता
अहिले चर्चामा रहेको चलचित्र ए मेरो हजुर ३ को शिर्ष गीत रिलिज गरिएको छ । अनमोल केसी र सुहाना थापाले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ३’को ‘सत्य भन्छु’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा प्रताप दासको स्वर रहेको छ ।
चलचित्र रिलिज मिति नजिकिदै गर्दा गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । रवी मल्लको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र उदयराज पौडेको संगीत समायोजन रहेको छ । म्युजिकल लभ स्टोरी चलचित्रमा अनमोल र सुहानाका साथमा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
अभिनेत्री सुहाना थापाले यसै चलचित्र मार्फत रंगीन पर्दामा डेब्यू गरेकी हुन् । सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् । अभिनेत्री झरना थापाले निर्देशन गरेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।
निर्देशक थापा र सुमन पौडेलको कथा लेखन रहेको यो चलचित्रमा द्वन्द्व रोशन श्रेष्ठको रहेको छ । सञ्जय लामाले छायांकन गरेको चलचिर्त्र दिर्घ खड्काले सम्पादन गरेका हुन् । यो चलचित्र चैत २९ गते देखि रिलिज हुँदैछ ।
गीतको भिडियो :