साप्ताहिक संवाददाता
चैत्र २७, २०७५
बेलायतको संसद हाउस अफ कमन्समा संसद् बैठक चलिरहेका बेला वातावरण अभियानको क्षेक्रमा सत्रिय कार्यकर्ताहरूले बैठकस्थलमै अर्धनग्न प्रदर्शन गरेका छन् ।
१२ जना प्रदर्शनकारीले शरीरमा मौसम परिवर्तनको दोष पश्चिमी मुलुकहरूले लिनुपर्ने देखि सरकारी तवरबाटै मौसम सुधार गर्ने प्रतिबद्धता आउनुपर्ने मागहरू लेखेर विरोध प्रदर्शन गरेका थिए ।
यो प्रदर्शनमा विभिन्न सामाजिक संस्थाका अतिरिक्त सिइओ, वैज्ञानिक, अन्वेषकदेखि सञ्चारकर्मीजस्ता पेसाकर्मीहरूसमेत सहभागी थिए ।