साप्ताहिक संवाददाता
चैत्र २७, २०७५
यतिबेला नवोदित नायिका कियारा आडवाणी चर्चामा छिन् । उनको चर्चा त्यसै भएको होइन । गत आइतबार एबीसीडी–२ का लागि खिचिएको सुन साथियाँ गीतको नृत्य सिक्वेन्स भाइरल भएपछि कियाराको चर्चा चुलिएको हो ।
ऊक्त गीतमा कियाराले बरुण धवनसँग स्त्रीन सेयर गर्दै गज्जबको पर्फमेन्स दिएको बताइन्छ । गत साता मात्र सार्वजनिक भएको चलचित्र कलंकको फर्स्ट क्लास गीतमा पनि कियाराले बरुण धवनसँगै त्यस्तै धमाकेदार नृत्य गरेर चर्चा कमाएकी थिइन् ।