साप्ताहिक संवाददाता
चैत्र २८, २०७५
गायक सिताराम पोखरेल आफ्नो नयाँ गीत ‘अल्कोहलिक लभ’ को म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । हरेक गीतको म्युजिक भिडियोलाई नेपाली चलचित्र अभिनेत्रीहरुलाई अभिनय गराउँदै आएका पोखरेलले यसपटक आफ्नो नयाँ भिडियोमा अभिनेत्री प्रियंका कार्की समेटेका छन् । भिडियोमा प्रियंकाको साथमा अभिनेता विनोद न्यौपाने फिचर छन् ।
‘अल्कोहलिक लभ’ मा गायक सिताराम पोखरेललाई गायिका मिना पोखरेलले साथ दिएकी छिन् । राहुल प्रधानको सङ्गीत रहेको गीतलाई ललिता कुवरलेले लेखेकी हुन् । भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । गायक सिताराम पोखरेलको यो १९ औं म्युजिक भिडियो हो । नविनपन भएकाले युवाहरुले गीत मनपराउनेमा आफू आशावादी रहेको गायक पोखरेलले बताए ।
अल्कोहलिक लभको म्यूजिक भिडियो :