साप्ताहिक संवाददाता
ताइवानको राजधानी ताइपेह निवासी चेन सेन युआनले सन् २०१६ देखि लगातार पोकेमन गो गेम खेलिरहेका छन् । उनी यसका लागि विभिन्न क्रिएचर खोज्न प्रत्येक साँझ साइकलमा कैयन किलोमिटरको यात्रा गर्छन् ।
७० वर्षीय चेनलाई त्यहाँका मानिसले ‘अंकल पोकेमन’ भन्छन् । उनले ६६ वर्षको आफ्नो जन्मोत्सवमा छोराबाट मोबाइल गिफ्ट प्राप्त गरेपछि यो गेम खेल्न थालेका थिए । सुरुमा एउटा स्मार्टफोनमा पोकेमन गो खेल्ने चेन गत वर्षसम्म ११ वटा स्मार्टफोनमार्फत यो खेल खेल्थे ।
च्यालेन्जर्स बढ्दै जाँदा हाल उनले यसका लागि २४ वटा स्मार्टफोन प्रयोग गरिरहेका छन् । उनले ती स्मार्टफोनमध्ये २२ वटा फोनलाई साइकलको ह्यान्डलबारमा एट्याच गरेका छन् भने दुईवटा स्मार्टफोन उनको खल्तीमा हुन्छन् ।
पोकेमन गो गेम अगमेन्टेड रियालिटी फ्रविधिमा आधारित छ । गेमको स्क्रिनमा अलग–अलग लोकेसनमा त्रिएचर शो हुन्छ । प्रयोगकर्ताले त्यही लोकेसनमा पुगेर क्रिएचरलाई समात्नुपर्ने हुन्छ ।