साप्ताहिक संवाददाता
चैत्र २८, २०७५
नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुने संघर्षमा दोडिरहेका गायक हुन् – रेमन भित्रिकोटी । उनी लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा सत्रिय छन् । पछिल्लो समय गायक रेमनको ‘तिमी मेरो मुटु’ बोलको गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा गायक रेमनकै शब्द, संगीत र स्वर रहेको छ । गीतमा संगीत संयोजन भने मञ्जिल केसीले गरेका छन् । उनको सार्वजनिक गीतको भिडियोमा केजेसी ब्याण्डका सदस्यहरुले स्टुडियोमा अभिनय गरेका छन् ।
यस अघि पनि केहि गीत सार्वजनिक गरेका रेमन छिट्टै अन्य सिर्जनाहरुको तयारीमा रहेको बताउँछन् ।
तिमी मेरो मुटुको भिडियो :