साप्ताहिक संवाददाता
चैत्र २८, २०७५
बेलायती खेलकुद इतिहासकै सबैभन्दा सफल खेलाडी डेम क्याथरिन गत साता काठमाडौंका विभिन्न कार्यक्रममा व्यस्त रहिन् । रोविङमा लगातार पाँचवटा ओलम्पिक स्वर्ण पदक जित्ने कीर्तिमान उनकै नाममा छ ।
सन् २०१२ मा लन्डनमा स्वर्ण जित्नुअघि उनले सिड्नी, एथेन्स, बेजिङ र रियो डे जेनेरियोमा पनि त्यस्तै सफलता हात पारेकी थिइन् । क्याथरिन हाल ब्रिटिस स्पोर्ट्सकी अध्यक्ष हुन् । नेपाल भ्रमणका क्रममा उनको भनाइ थियो, उनले हात पारे जस्तो सफलता अरूले पनि प्राप्त गर्न सक्छन् ।
त्यसका लागि कडा मेहनत भने गर्नुपर्छ । सबैभन्दा ठूलो कुरा सपना देख्न छोड्नु हुँदैन । आफूलाई जे गर्दा खुसी प्राप्त हुन्छ, त्यसकै पछाडि लागिरहनुपर्छ ।